काठमाडौं— आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ ।
अघिल्लो दिनको तुलनामा यस दिन सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया