अन्तर्राष्ट्रिय

रूसमा पाँच सय वर्षपछि क्रशेनिनिकोभ ज्वालामुखी विष्फोट


काठमाडौं— रूसमा पाँच सय वर्षपछि पहिलोपटक क्रशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको छ । ८.८ म्याग्निच्युडको भूकम्प गएको स्थान कामचाट्का द्वीपमै ज्वालामुखी देखिएको अधिकारीहरूले बताएका छन् ।

बीबीसीका अनुसार २ अगष्टमा विष्फोट भएको ज्वालामुखीका कारण ६ हजार मिटर उचाइसम्म मुस्लो फैलिएको थियो । जसका कारण उक्त क्षेत्रको हवाई मार्ग बन्द गर्नुपरेको थियो । उक्त ज्वालामुखीबाट बस्ती भएको क्षेत्रमा कुनै खतरा नभएको रुसी अधिकारीहरुले बताएका छन् ।

कामचाट्काको आपत्कालीन मामिला मन्त्रालयले क्रशेनिनिकोभ ज्वालामुखी पाँच सय वर्षपछि विष्फोट भएको औपचारिक जानकारी दिएको छ । क्रशेनिनिकोभ ज्वालामुखी यसअघि १५औं शताब्दीमा विष्फोट भएको बीबीसीले जनाएको छ ।