देश

फेरि बहुविवाहकै तरंग, कानुनमा कसरी घुस्यो प्रावधान ? महिलाहरुको आपत्ति, मन्त्रीको फिर्ता लिने आश्वासन (भिडियोसहित)


काठमाडौं— दुई तिहाइको सरकारले दुई श्रीमती विवाह गर्न पाउने गरी कानुन ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको हो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध राख्दा गर्भ रहे वा बच्चा जन्मिएमा दोस्रो विवाह कायम हुने गरी कानुनको मस्यौदा तयार गरिसकेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ अनुसार २०७५ भदौ १ गतेदेखि बहुविवाह पूर्ण रूपमा निषेध गरिएको थियो । अहिले संहिताको सोही धारा संशोधन गर्दै सरकारले दोस्रो विवाह हुनै नसक्ने कानुनी अवस्थाले महिला र उनीहरूबाट जन्मेका बालबालिका पीडित हुन पुगेको निष्कर्षसहित कानुन संशोधनको तयारी अघि बढाएको बताएको छ ।