देश

जागे गृहमन्त्री लेखक, चुस्त बन्दै प्रहरी, कानुनले फड्को मार्दै, ओली–देउवा खुसी, राप्रपा–रास्वपालाई के पुगेन ?(भिडियोसहित)


काठमाडौं— प्रश्नैप्रश्नका कारण पछिल्लो समयमा चेपुवामा रहेका गृहमन्त्री रमेश लेखक केहि सहजतातर्फ उन्मुख भएका छन् । भिजिट भिषा प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन सफल भएका नाममात्रैको छानविन समिति बनाएर उम्किए । छानविन समिति बनेपनि लेखक त्यसको राडरमा छैनन भने शुसासनका लागि त्याग गरे जसरी यसलाई प्रयोग गरिरहेका छन् । यसैलाई देखाएर राष्ट्रिय स्वतन्त्र पार्टि र राष्ट्रिय प्रजातन्त्र पार्टिलाई पेलिरहेका उनी सबैभन्दा ठूलो खड्गोबाट बचेका हुन् । त्यस्तै कार्यसम्पादनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कन्भिन्स गर्न सफल रहे । यसले उनको मन्त्री पद जोगिएको छ भने विहिबार गरिएको गुण्डा नाईके माथिको धरपकटलाई अर्को कामका रुपमा उनले व्याख्या गरिरहेका छन् ।