काठमाडौं—नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र देखा परेका असमझदारी र मतभेदले संगठनमा विभाजन ल्याउने सम्भावना नरहेको बताएका छन् ।
पार्टी केन्द्री कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको अन्तरद्वन्द्वलाई सञ्चार माध्यम र केही व्यक्तिहरूले अतिरञ्जित गरेर प्रस्तुत गरिरहेको दाबी गरे ।
उनले विचारमा समानता भएका अन्य दलहरूसँग भविष्यमा एकता प्रयास भइरहेको बताए । पुनका अनुसार, नेकपा एकीकृत समाजवादी, नेकपा लगायतका दलहरूसँग पार्टी एकताको विषयमा निरन्तर छलफल र संवाद चलिरहेको छ। पुनले पार्टीले औपचारिक एजेन्डाका रूपमा एकताको विषयलाई अघि सारेको बताए । बैठकको अन्त्यमा साझा निष्कर्षमा पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।


प्रतिक्रिया