राजनीति

शेखर र विद्या भिड्दै, प्रचण्ड हुत्याउन जनार्दन तम्सिए, कांग्रेस–एमाले–माओवादीमै निम्तियो संकट (भिडियोसहित)


काठमाडौं— शीर्ष तीन पार्टीको मूल नेतृत्वमाथि तीन नेताको धक्का । साउन महिनाभरजसो प्रमुख तीन दलमा संकटै संकट देखियो । सत्ता लिप्सा र नेतृत्व मोहले सबै दलमा विवाद बढ्दा कांग्रेसमा शेखर कोइराला, एमालेमा विद्या भण्डारी र माओवादीमा जनार्दन शर्माले नेतृत्वको जग हल्लाइदिए । कतै नेतृत्वको कार्यशैली र प्रवृत्तिमै प्रश्न त कतै शक्ति आर्जनको होडले तनाव सिर्जना गरेको हो । नेतृत्व छाड्नै नमान्ने र नेतृत्व पाउन हरपल संघर्ष गरिरहेका यी ध्रुवको किचलोले यो बीचमा राष्ट्रिय राजनीति नै रोचक बनाइदियो । अहिले कांग्रेस र एमाले ती असमझदारी मिलाएर सामान्य अवस्थामा फर्किका छन् । तर, संघर्षरत पक्षले चाहिँ के पायो ?