देश

रुपन्देही तताउँदै रास्वपा, रविकै कमान्डमा छलफल, घण्टी लिएर घरदैलोमा निस्किए सांसद, उम्मेदवार खै ? (भिडियोसहित)


काठमाडौं —रुपन्देही–३ मा रास्वपाले उम्मेदवारविनै उपनिर्वाचन लक्षित घरदैलो कार्यक्रम सुरु गरेको छ । आगामी कात्तिक १७ गते हुन लागेको उपनिर्वाचन आउन अझै ६५ दिन बाँकी छ । तर उपनिर्वाचनको सरगर्मी बढ्नु अगावै रास्वपाले आफ्नो चुनावी प्रचार–प्रसार आक्रामक बनाएको छ । एक हप्तादेखि रुपन्देहीमा अड्डा जमाएर बसेका उपसभापति स्वर्णिम वाग्ले, कार्यवाहक सभापति डीपी अर्यालसहित १९ जना सांसद रुपन्देही पुगेका छन् ।