काठमाडौं—एकैछिन यो दृश्य हेर्नुहोस् त । यो हो राष्ट्रिय सभा । संसदलाई शयनकक्ष बनाएका यी पात्र अरु कोही नभई तपाईं हामीले माननीय मानेका हाम्रै मन्त्रीहरु हुन् । यी आँखा चिम्लिएका मनुवाहरुलाई यहाँहरुले भने आँखा खोलेरै हेर्नुहोस् । देख्दा खाइलाग्दा, हृष्टपुष्ट, जुझारु दुई तिहाइ सरकारका मन्त्री । भैँसेपाटीका करोडौंका आलिसान मन्त्री क्वार्टरमा निद्रा नपरेपछि संसदको चिसो खाँदै चैनको निदमा छन् । राति एक÷दुई बजेसम्म अध्ययन गरेर बस्ने प्रधानमन्त्री केपी शर्मा ओली चनाखो भएर सांसदका कुरा सुन्दा उनीसँगैको लहरमा बसेका युवा मन्त्रीहरु विष्णु पौडेल, तेजुलाल चौधरी र मानवीर राई भने लाजै पचाएर मस्त निद्रामा छन् । लाग्छ अब मन्त्रीज्यूहरुको स्वास्थ्यलाई समेत ख्यालमा राखेर संसद भवनमै लक्जरी सुविधासहितको शय्य कक्षको व्यवस्था गर्न ढिला भइसकेको छ ।
देश


प्रतिक्रिया