समाचार

श्रम क्षेत्रमा जुरेको जस्तै पहिरो गएको छः अध्यक्ष सिम्खडा

योहो संवाददाता

काठमाडौं— अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले श्रमीकका अधिकारहरु कटौति हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा ट्रेड युनियन महासंघहरुले आयोजना गरेको जलवायु परिवर्तनले देशमा पारेको असरबारे सामाजिक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको श्रम क्षेत्रमा जुरेको पहिरो आएको टिप्पणी गरे । श्रमीकका अधिकारहरु बढारेर लगिएको जिकिर गरे । उनले श्रमीकले आफ्ना अधिकारहरु देख्न र भोग्न नपाउने जस्तो स्थिति बनेको बताए । श्रमीकहरुले अहिले धेरै दुःख र पीडा महशुस गरिरहेको उनको भनाइ छ ।
उनले भने , ‘अब अहिले कस्तो छ भने कहिले श्रम क्षेत्रमा जुरेको पहिरो आएको छ भएको छ । हाम्रो अधिकारको निम्ति बढारेर लिएर गएको छ । कहिले रसुवामा आएको बाढी जस्तो छ । अधिकार भन्नेकुरा हामीले भोग्न, देख्न नपाउने स्थिति पनि छ । सामाजिक संवादको विषय न्यायिक रुपान्तरणको सवालमा अहिले नेपालको सन्दर्भमा एउटा ठूलै उथलपुथल भयो भने त्यो सामाजिक संवाद, ऐन, कानून संविधानले दिएको अधिकार हामीले पाउने र रक्षा हुने स्थिति होला । तर आजको दिनमा एकदम पीडा र दुःखको अवस्थामा भएका अधिकार कटौति हुँदै जाने स्थिति सिर्जना भएको छ ।’

जलवायु परिवर्तनले श्रमीक, उद्यमशिलता, देशको अर्थतन्त्रमा ठूलो समस्या पारेको उनले बताए ।