काठमाडौं —प्रदेशको औचित्यका विषयमा प्रश्न उठिरहेका बेला बाग्मती प्रदेश सरकारमा कुर्सीको लडाई चलिरहेको छ । काहि नभएको जात्रा हाँडी गाउँमा भने जस्तै, बाग्मती प्रदेशमा कांग्रेस दल भित्रको विवादका कारण मुख्यमन्त्री बहादुर सिंह लामा संसदीयदलको नेतामा अल्पमतमा परेका छन् । बहादुरलाई आफ्नै दल कांग्रेसका २२ सांसदहरुले विपक्षमा मत दिए संगै उनले संसदीय दलको नेताबाट विश्वास गुमाएका हुन् । कांग्रेसको विधानत ः संसदीय दलको नेता नै, मुख्यमन्त्री हुने व्यवस्था छ। संसदीय दलको नेताबाट विश्वास गुमाएकाले लामाले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने हो । तर उनले अड्डी कसेर राजीनामा नदिने अडान लिएका छन् । उनले मुख्यमन्त्री पदबाट हट्नु पर्ने कुनै ठोस आधार कारण नभएको भन्दै पद नछोड्ने तर्क गरेका छन् ।
राजनीति


प्रतिक्रिया