राजनीति

माधव–प्रचण्डको मिलन, एउटै पार्टी बनाउने, विद्यालाई रेड कार्पेट ? एमालेलाई साईजमा ल्याउने रणनीति (भिडियोसहित)


काठमाडौं — आन्तरिक सशक्तिसंघर्षले पेलानमा परेपछि माओवादी र एकीकृत समाजवादी एकताको बाटोमा अघि बढेका छन् । अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच भएका गोप्य भेटले यही योजना बुनेको खुुलेको छ । तत्कालिन नेकपा हुँदा कूनै बेला केपी ओलीको खिलापमा हामी यहाँ छौ भन्दै, माइतीघरको सडकमा पलेटी ठोकेका प्रचण्ड र माधवले फेरि एउटै राजनीतिकको डुङगा सयर गर्ने रुची देखाएका छन् । उनीहरुबीच भएका पछिल्ला भेटमा यसबारे थप छलफल भएको बुझिएको छ । तर, यस्तो छलफलमा दुई अध्यक्ष बाहेकका कोही पनि नेता सहभागी छैनन् । प्रचण्ड र नेपालबीच आइतबार र सोमबार लगातर दुई दिन भेट भएको थियो । त्यसपछिको भेट भने समाजवादी मोर्चाको मंगलबारको बैठकमा भएको हो । एकीकृत समाजवादीका नेताहरु पनि माओवादीबाट प्रस्ताव आएको तर, पार्टीले कुनैपछि निर्णय गरिनसकेको बताउँछन् । जहाँ नेकपा पनि यसलाई सकारात्मक नै मान्छ ।