काठमाडौं — अमेरिका र युरोपेली युनियनले व्यापार सम्झौतामा सहमति जनाएका छन् । अब ईयूका धेरैजसो उत्पादनहरूमा अमेरिकामा १५ प्रतिशत ट्यारिफ लाग्नेछ । विश्व व्यापारमा लगभग एक तिहाइ हिस्सा राख्ने अमेरिका र युरोपेली युनियनले ठूलो व्यापारिक विवादलाई टारेका छन् ।
युरोपेली युनियनकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच स्कटल्यान्डस्थित गल्फ रिसोर्टमा भएको वार्तापछि सहमतिको घोषणा गरिएको हो । एक घण्टाको वार्तापछि ट्रम्पले अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता भएको बताए । लेयेनले १५ प्रतिशत ट्यारिफ सबै क्षेत्रमा लागु हुने बताइन् ।
यसअघि ट्रम्पले ३० प्रतिशत ट्यारिफको धम्की दिएका थिए । सम्झौता अनुसार युरोपेली युनियनले अमेरिकामा ६ सय अर्ब डलरको लगानी गर्नेछ भने अमेरिकाबाट इन्धन र सैन्य उपकरणहरू खरिद गर्नेछ ।


प्रतिक्रिया