काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरूद्ध उजुरी दर्ता भएको छ । विशेष अदालतको हालै सार्वजनिक फैसलाको पूर्ण पाठमा वाइड बडी खरिद प्रकरणमा राईको भूमिकामाथि प्रश्न उठाएको थियो। युवराज सफलले आइतबार अख्तियार प्रमुख राईमाथि नै छानबिनको माग गर्दै उजुरी दायर गरेका हुन्।
सफलको उजुरीमा ‘वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएका अख्तियार प्रमुख प्रेमकुमार राईलाई आवश्यक छानबिन गरी कारबाही गरी पाऊँ,’ भन्ने उल्लेख छ।
अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ केही दिन अघि सार्वजनिक हुँदा अख्तियार प्रमुख राईले ‘चयनमुखी अभियोजन’ गरेको भन्दै प्रश्न उठाएको थियो।



प्रतिक्रिया