देश

विद्याले लपेटेपछि मोदीले खोजे ओली, चाँडै भारत जाँदै, आरजुको तीव्र तयारी, के होला नयाँ सम्झौता ? (िभिडियो)


काठमाडौं — सत्तारोहण गरेको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न भारत तयार भएको छ । प्रधानमन्त्री भएयता भारत भ्रमणको ताकेता गरिरहेका ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले भदौ ३१ को निम्तो पठाएका छन् । विगतमा सत्तासमीकरण फेरिनासाथ नयाँ प्रधानमन्त्रीलाई तुरुन्तै भारत बोलाउने मोदीले प्रधानमन्त्री ओलीलाई दुई दिनका लागि भारत बोलाउन डेढ वर्ष लगाए । विगतमा भएको नाकाबन्दी, सीमा विवाददेखि चुच्चे नक्सामार्फत भूमि फिर्ताका लागि ओलीले कूटनीतिक पहलभन्दा राजनीतिक स्टन्ट र प्रचारबाजीलाई प्रश्रय दिएकाले भारत आजित भएको विश्लेषण हुने गरेको छ । तेस्रो पटक प्रधानमन्त्री हुनासाथ भारतले निम्तो नपठाएको झोँकमा भारतलाई देखाइदिन चीन पुगेका ओलीले भारतको चाहनाविपरीत बीआरआई सम्झौतामा हस्ताक्षर गरेर थप चिढ्याउने काम गरे ।