देश

फाइल खोलेका प्रेम राईमाथि बज्र, विशेषको त्यो फैसला, वाइडबडी काण्ड बल्झियो, कसरी जोगिन्छन् ? (भिडियो)


काठमाडौं — अख्तियारका प्रमुख प्रेम राई । जो अहिले हाइप्रोफाइलमाथि मुद्दा चलाएर चर्चामा छन् । उनकै नेतृत्वको अख्तियारले स्टिङ अपरेसन तीव्र पारेको छ । तर, विशेष अदालतको एक फैसलाले राईमाथि नै स्टिङ अपरेसन गर्नुपर्ने विषय छताछुल्ल पारेको छ । अर्थात, वाइडबडी जहाज खरिद प्रकरणमा राईको पनि संलग्नता रहेको विशेषको निष्कर्ष छ । जहाज खरिदमा एक अर्ब ४७ करोड अनियमितता भएको भन्दै २०८० चैत २२ मा २४ नेपाली र ८ विदेशीविरुद्ध अख्तियारले मुद्दा चलाएको थियो । तर, यसरी अनियमितता हुनेगरी प्रक्रिया सुरु गर्ने तत्कालीन पर्यटनसचिव राईलाई भने चोख्याइएको थियो । यसक्रममा राई आफैँले अख्तियारको दुरुपयोग गरेका छन् ।