काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यता खारेज गरिएपछि प्रश्न उठेको छ– के केपी शर्मा ओली पार्टी कब्जाकै अवस्थामा छन् ? हुन पनि, उनको आक्रामकता कम छैन र उनले आगामी २५ वर्ष आफैँले पार्टी हाँक्ने बताउँदै आएका छन् । यसले ओली बाचुन्जेल एमालेमा उनको विकल्प सोच्न नसकिने भाष्यलाई बल पु¥याएको छ, जुन नेपाली कम्युनिस्ट आन्दोलनको पुरानै रोग हो । यसका अर्का उदाहरण हुन्, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रचण्डले माओवादी आन्दोलनमा एकछत्र नेतृत्व गरेको ३० वर्षभन्दा बढी भइसकेको छ र उनी अझै नेतृत्व हस्तान्तरणको सोचमा देखिँदैनन् । बरु, उपमहासचिव जनार्दन शर्माले उनलाई बेलाबेला चुनौती दिइरहेका छन् ।
राजनीति


प्रतिक्रिया