प्रतिनिधिसभाको बैठक १५ दिनमा ३ दिन मात्रै बस्ने गरी क्यालेन्डर तयार भएको छ । बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरमा ३ दिन मात्रै बैठक बस्ने उल्लेख गरिएको छ ।
पहिलो बैठक आजै बस्नेछ भने दोस्रो बैठक यही साउन ८ गते बिहीबार र तेस्रो बैठक ९ गते शुक्रबार बस्नेछ । त्यसपछि साउन १५ गतेसम्म प्रतिनिधि सभाका अरू बैठक बस्ने छैनन् ।
आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ ।


प्रतिक्रिया