समाचार

पदमुक्त गरेका नेताहरूको विषयमा लिङ्देनसंग निर्वाचन आयोगले माग्यो जवाफ


काठमाडौं — निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको विषयमा स्पष्ट पार्न पत्र लेखेको छ । असन्तुष्ट पक्षको निवेदनको आधारमा आयोगले राप्रपासँग जानकारी मागेको हो ।

राप्रपाका कोषाध्यक्ष निलकण्ठ काफ्लेले आयोगले जानकारी माग गरेर पत्र पठाएको जानकारी गराएका हुन् । (राप्रपा) का अध्यक्ष लिङ्देनले अनुशासन समितिका संयोजकको ठाउँमा रोशन कार्कीलाई नियुक्त गरेका थिए । साथै नवराज सुवेदीलाई पद यथावत् राख्नुपर्ने माग राखेर विज्ञप्ति निकाल्ने उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पनि हटाएका थिए ।

सगुन लावतीलाई समेत प्रवक्ताबाट पदमुक्त गरेपछि अध्यक्ष लिङ्देनको निर्णय बदरको माग राख्दै उनीहरू निर्वाचन आयोग पुगेका थिए ।