Breaking

शेखर कोईरालाको आरोप : एमालेले काँग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्यो


काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले काँग्रेसको कोर भ्याल्युजमा एमालेले आक्रमण गरिरहेको आरोप लगाएकाछन् ।

विपी स्मृति दिवसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकामा एउटै पार्टीको नेतृत्व नहुने स्थितिमा मिलेर सरकार बनाउनेकुरा राम्रो भएपनि आफ्नो महत्व काँग्रेसले बिर्सिन नहुने बताए ।

अहिले काँग्रेसको महत्वमाथि कम्युनिष्टहरुले आक्रमण गरिरहेको बताउदै उनले कुलिङ अफ पिरियडमा काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुलिङ पिरियड हटाउने र ढिलो गर्नेकुरा स्वीकार्य हुन नसक्ने धारणा राखे

सच्याउने नाममा राष्ट्रिय सभामा एमाले सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन हाल्नेकुरा नेपाली काँग्रेसको कोर भ्याल्युजमा आक्रमण गर्नु रहेको बताए ।