देश

कांग्रेस–एमाले भित्र भाँड्भैलो, पार्टी फुटाउन चीन–भारत लागेकै हुन् ?, स्वदेशी राजनीतिमा विदेशी खेल (भिडियो)


काठमाडौं — पार्टीभित्र विद्यादेवी भण्डारी र सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको पेलानमा परेका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदैछन् । ओलीको भारत भ्रमण आगामी सेप्टेम्बर १६ र १७ मा हुने गरी तय भएको छ । यसको आधिकारिक जानकारी सरकारले नगराए पनि साउन ४ गते आइतबार परराष्ट्रसचिव अमृतबहादुर राईलाई नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले प्रधानमन्त्री ओलीको भारत भ्रमणको निमन्त्रणा दिएको परराष्ट्र स्रोतले बताएको छ । तोकिएको समय अर्थात् आगामी सेप्टेम्बर १६ र १७ तारिखको भ्रमण तालिकाअनुसार नै प्रधानमन्त्रीको भारत भ्रमण गराउने गृहकार्यमा राज्यको संयन्त्र लागिपरेको स्रोतले बताएको छ । यसका अतिरिक्त, आगामी नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा दिनेछन् । यति मात्र नभएर, चुच्चे नक्सा जारी भएपछि हुन नसकेको नेपाल–भारत गृहसचिव स्तरीय बैठक मंगलबारदेखि दिल्लीमा सुरु हुँदैछ ।