देश

एमालेको झगडा, कमजोर बन्दै ओली, देउवालाई पिर, शेखरलाई मौका, माधव मख्ख, प्रचण्ड बोल्दैनन् (भिडियो)


काठमाडौं — नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आगमनले घरझगडा उत्कर्षमा पुगेको छ । नेतृत्वका विरुद्धमा बोले कारबाही हुने पार्टी एमालेमा अहिले नेतृत्वकै विकल्पमा भण्डारी आएको चर्चा हुँदा अनेक छेकबारका प्रयास भएका छन् । यद्यपि, अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा सचिवालय र पोलिटब्युरो बैठकमा कोही पनि खुलेर बोलिसकेका छैनन् । यही बीचमा केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा ओली–भण्डारीबीच आइतबार पार्टी कार्यालय च्यासलमै भेट भएको छ । भण्डारी करिब १० वर्षपछि पार्टी कार्यालय पुग्दा उनी पक्षीय कार्यकर्तामा थप ऊर्जा देखिएको छ । तर, पार्टीका आधिकारिक फोरममा भने सो पक्ष कमजोर भइरहेको छ ।