Breaking

पहिरोमा बेपत्ता वृद्धको शव फेला

योहो संवाददाता

पर्वतमा पहिरोमा परेर बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ।

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका थिए।

बेपत्तामध्ये खोजीका क्रममा छविलालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घर पहिरोले भत्काएपछि बुहारी ३२ वर्षीया पवित्राले भने भागेर ज्यान बचाएकी छिन्।