देश

सत्ता ढाल्ने खेलमा प्रचण्ड–शेखर, देउवाको सात्तो लिने वर्षमानको बोली (भिडियो)


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाको दौडधुपले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको छ । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सहकार्यको प्रस्ताव गरेको खवरले एमाले कांग्रेस नै झस्किएका छन् ।

सरकारमाथि प्रश्न बढेको र प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टिभित्र सकसमा रहेका वेला उनको यो सक्रियतालाई कतिपयले त उनी आफै प्रधानमन्त्री हुने खेलमा लागेको अर्थमासमेत विश्लेषण गरेका छन् । तर कांग्रेस केन्द्रीय समिति र संसदीय दल दुवैतर्फको आन्तरिक यथार्थ, अनि राष्ट्रिय राजनीतिकको अवस्थाले समेत उनी प्रधानमन्त्री हुने अवस्था छैन ।

त्यस्तै न त उनले पार्टि फुटाउन नै सक्ने अवस्था छ न त उनकै सभापति शेरबहादुर देउवाले समिकरण छोड्ने अवस्था नै । फलत : उनको दौडधुपले के असर गर्छ भन्ने आम प्रश्न रहँदा एमाले कांग्रेसमा भने कोशी मोडेल दोहोरिने डर देखिएको हो । अर्थात शेखरको दौड प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यतासँग जोडिएको देखिन्छ । किनभने उपेन्द्र यादवको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ ।

संविधानको धारा १०० को उपधार (२) मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतको लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने’ व्यवस्था छ । फलत ः प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेलासम्म वैकल्पिक सरकार बनाउने उद्देश्यले कोइरालाको सक्रियता बढेको विश्लेषण समेत कांग्रेसभित्र भएको छ ।कोशी प्रदेशमा २०८० असोज २७ कोइरालाकै अग्रसरतामा कांग्रेस इतर समूह र एमाले मिल्दा अर्काे गठबन्धन बनेको थियो।

(बाकि भिडियोसहित)