देश

संघीय संसद्का पाँच वटा समितिको बैठक आज बस्दै, के–के छन् कार्यसूची ?


काठमाडौ. । संघीय संसद्का विभिन्न पाँच वटा समितिको बैठक आज बस्दैछ।

प्रतिनिधि सभा अन्तर्गतका तीन र राष्ट्रय सभा अन्तर्गतका दुईवटा समितिको बैठक आजका लागि बोलाइएको हो । कानुन समिति, महिला बालबालिका समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।

कानुन समितिमा विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल गर्ने कार्यसूची छ । महिला तथा सामाजिक मामिला समितिमा मधेसी आयोगको वार्षिक प्रतिवेदन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफल’ गर्ने कार्यसूची छ।

यस्तै, विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल गर्ने कार्यक्रम छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन’ माथि छलफल गर्ने कार्यसूची रहेको छ।