काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न आह्वान गरेकाछन् ।
मौसम विज्ञान विभागले देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको भन्दै प्रधानमन्त्री ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन पनि प्रधानमन्त्री ओलीले अनुरोध गरेका हुन् । साथै, सुरक्षाकर्मीहरुलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन पनि निर्देशन दिनुभएको छ ।


प्रतिक्रिया