काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। केही समय निष्क्रियजस्तो रहेको मनसुन पूर्वी नेपालबाट सक्रिय भएको मौसमविदहरूले जनाएका छन् ।
काठमाडौं उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने र आज राति पश्चिम नेपालमा अति भारी वर्षाको आकलन गरिएको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।


प्रतिक्रिया