देश

मन्त्री फेर्न देउवाको सिग्नल, ओलीको टिम नै फेरिने, आरजु र लेखक जोगिए, को–को छन् रेड जोनमा ? (भिडियो)


काठमाडौं – मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएको एक वर्ष पूरा भएको छ । २०८१ असार ३० गते प्रधानमन्त्री बनेका ओलीले असार ३१ गते एकै पटक २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । मन्त्रिपरिषद् गठन भएको दोस्रो वर्षमा प्रवेश गरेसँगै प्रधानमन्त्री ओलीले टिम फेर्ने तयारीलाई तीव्रता दिएका छन् । समीकरणको सरकार भएकाले एउटा मात्र दलले मन्त्री हेरफेर गर्दा गलत सन्देश जाने भयले प्रधानमन्त्री ओली एकातिर आफ्नो भागमा परेका मन्त्री फेर्ने तयारीमा छन् भने अर्कोतिर कांग्रेस सभापति देउवालाई पनि मन्त्री फेर्न फकाइरहेका छन् । कारण, कांग्रेस सभापति देउवा अझै पनि मन्त्री फेर्ने कि नफेर्ने भन्ने दुविधामा देखिन्छन् । स्थायित्वका लागि सकेसम्म मन्त्री फेर्नुहुन्न भन्ने देउवाको बुझाइ छ ।प्रधानमन्त्री नै फेर्नुपर्ने दबाब खेपिरहेका देउवाले कांग्रेसका मन्त्रीहरू हेरफेर गर्ने सवालमा आन्तरिक छलफल भने चलाइरहेको बताइन्छ ।