देश

एजेन्डा छेड्न सफल रास्वपा, रविको क्रेज बढायो, ओली र लेखकसँग जोडिएको मुद्दामा अग्निपरीक्षा (भिडियो)


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली सत्ता गठबन्धनसँग जुध्दै महत्त्वपूर्ण मुद्दाहरू उठाएर राजनीतिको केन्द्रमा आउन सफल भएको छ । चाहे त्यो भिजिट भिसा प्रकरण होस्, स्पेन भ्रमणमा गएका नेपालीहरू फिर्ता नआएको विषय होस् वा पार्टी सभापति रवि लामिछानेको बचाउमा चलाइएको हस्ताक्षर अभियान, रास्वपाले यी सबै विषयलाई जोडतोडका साथ उठायो । तर, मुद्दा उठाएर सिर्जना गरेको तरंगलाई परिणाममा बदल्न नसक्दा र विपक्षी दलहरूलाई समेत आफ्नो एजेन्डामा एकमत गराउन नसक्दा रास्वपा सत्ताको पेलानमा मात्र परेको छैन, उसले उठाएका मुद्दाहरू नै उसैका लागि भारी बन्न थालेका छन् ।