देश

गुप्ताले देखाए नैतिकता, गृहमन्त्रीको राजीनामा खोई ?, लाजले मुख छोप्छन् कांग्रेसका सांसद (भिडियो)


काठमाडौं -निरन्तर प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारको बैठकमा प्रधानमन्त्रीको मन्त्रिपरिषद्माथि नै गम्भीर प्रश्न उठायो । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले घुस प्रकरणको अडियो सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै उनलाई पक्राउ गरी छानबिनको दायरामा ल्याउन माग गरे । यति मात्र नभई, उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोपसमेत लगाए । शाहीले बैठकमा बोलेको विषय संसदको रेकर्डबाट हटाउन माग गर्दै नेकपा एमालेकी सचेतक सुनिता बरालले नियापत्ति जनाइन् । शाहीले प्रधानमन्त्रीमाथि तथ्यहीन आरोप लगाएको भन्दै बरालले सरकारको नेतृत्वलाई बदनाम गर्ने प्रयास भएको बताइन् । उनको मागप्रति सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषय र नियमापत्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।