राजनीति

एमालेमा चिरा पर्दै, भण्डारी रोक्न ओलीले चाले तुरुप, जबज पनि गुटको बन्ने जोखिम, बढ्यो कित्ताकाट (भिडियो)


काठमाडौं – दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी विद्यादेवी भण्डारीले हालै एक अन्तर्वार्तामा आफू एमालेको अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताएपछि संस्थापन पक्ष सशङ्कित बनेको छ । पार्टी विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानले केपी शर्मा ओली अब अध्यक्षमा दोहोरिने सम्भावना देखिँदैन । तर, हाल पार्टी नेतृत्वमा रहेका ओलीले विधान महाधिवेशनबाट यी दुवै व्यवस्था हटाउने योजना बनाएको चर्चा छ । करिब तीन दशकदेखि एकअर्कालाई साथ–समर्थन जनाउँदै आएका भण्डारी र ओलीबीच मतभेद चुलिँदा पार्टीको वैचारिक आधार ‘जबज’ नै खतरामा पर्न सक्ने देखिन्छ ।