Breaking

घूस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा


काठमाडौं- बिचौलियासँग घूसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष राजीनामा दिएको उल्लेख गरेका छन् । विगत केही दिनदेखि आफ्नो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको स्मरण गर्दै उनले कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ भन्दै गुनासोसमेत गरेका छन् । मन्त्री गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठिरहेको थियो । सार्वजनिक भएको अडियोमा मन्त्री गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि मुछेका छन् ।