देश

सही सावित हुँदै रास्वपा, स्पेन काण्डमा गृहमन्त्रीको नजर, छानबिन गर्न निर्देशन, ओलीमाथि पनि प्रश्न (भिडियो)


काठमाडौं – असार महिनामा मात्रै मानव तस्करीका दुईवटा प्रकरण सतहमा आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयकै सहसचिवको संलग्नता देखिएपछि गृहमन्त्री रमेश लेखकको भूमिकालाई लिएर पनि ठूलै हलचल मच्चिरहेको छ । उनीमाथि मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न भएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामाको मागसहित जेठ १३ गतेदेखि निरन्तर संसद् अवरोध र बहिष्कार गरिरहेको छ । भिजिट भिसा प्रकरणबारे छानबिन गर्न सरकारले एक उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । यो प्रकरण सेलाउन नपाउँदै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा मानव तस्करी भएको मुद्दाले चर्चा पाएको छ । प्रधानमन्त्री ओली असार १४ गते संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन स्पेन प्रस्थान गरेको मौकामा विचौलियाहरूले घुसपैठ गरी प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म असुल गरेर मानव तस्करी गरेको तथ्य सार्वजनिक भइरहेको छ ।