देश

गुप्त भएका गुप्ता बालुवाटारमा हाजिर, बर्खास्त गर्न किन जोखाना हेर्दैछन् ओली ? ल्याब पठाइयो अडियो् (भिडियो)


काठमाडौं – घुस मागेको अडियो बाहिरिएपछि विवादमा तानिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता चौतर्फी दबाबमा परेका छन् । कर्मचारीको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनको राजीनामा माग भइरहेको छ । यसमा सत्तारुढ कांग्रेसका मात्र नभई आफ्नै पार्टी एमालेका नेताहरू समेत देखिएपछि गुप्ता घेरिएका हुन् । उनले राजीनामा नदिए बर्खास्ती गर्नुपर्नेसम्मको माग छ । एमालेकै सांसद किरणकुमार साहले समेत यो माग गरेका छन् । संसद्मा बोल्दै उनले गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक हुँदासम्म सरकार किन मौन बसेको ? भन्दै प्रश्न गरे । सरकारले दुनियाँले सुनेको अडियो नसुनेर लोकतन्त्रको अपमान गरेको आरोप साहले लगाए ।