Breaking

माधवलाई टिक्नै मुस्किल, पार्टी धरापमा, झलनाथ किन कड्किए ? (भिडियो)


काठमाडौं । पतन्जली जग्गा काण्डले थलिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्व छाड्नुपर्ने अवस्था पुगेका छन् । आफ्नै नेताहरुले उठाएको प्रश्न र पार्टिभित्र बन्दै गएको प्रतिकुल अवस्थाका कारण यो अवस्था सिर्जना भएको हो । शुरुमा नेपालमाथि रामकुमारी झाक्रीले सिनो बोकेर हिड्न नसकिने भन्दै प्रश्न उठाएकी थिईन ।

आफ्ना अध्यक्ष नेपालविरुद्ध यही असार १४ गते लुम्बिनीमा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा कडा अभिव्यक्ति दिएकी उनले पार्टीमा ‘ठुलो संकट आएको र अब अध्यक्ष फेर्नुपर्ने’ बताउँदै ‘मरेको सिनो बोकेर हिँड्न नसकिने’बताएकी थिइन्। । तर अवस्था यो वेलासम्म नेपालकै पक्षमा थियो । फलत : झाक्री नै पार्टिबाट निष्किाशित हुनसक्ने आंकलन गरिदाँ उनीमाथि प्रष्टिकरण नै सोधियो ।

पार्टिको केन्द्रीय सचिवालय बैठकले झाँक्रीले व्यक्त गरेका अभिव्यक्तिहरु आपतिजनक रहेको भन्दै आत्मआलोचना गर्न ७ दिनको समय दिइएको थियो । तर झाक्री टसको मस भएकी छैनन भने उनले सन्चारमाध्यममा बताएजस्तै उपाध्यक्षको समेत सहकारी ठगीमा नाम जोडिएको खवरहरु बाहिरीएका छन् । यसले झाक्रीको अभिव्यक्ति माथि नभई सिष्टम बसाउने र पार्टिको हितमा भएको भाष्यमा वल पुग्दा माधवमाथि प्रश्न उठाउनेमा पार्टिका सम्मानित नेता झलनाथ खनाल समेत थपिएका छन् ।

शनीबार चीनबाट फर्किएका उनले नेपाल ३५ लाखमा धरौटीमा रिहा भएको विषयमा आफूहरुले पनि प्रश्न गरिरहेको बताएका हुन् । सचिवालय बैठकमा आफूले यही विषयमा केन्द्रित रहेर एउटा दस्तावेज पेस गरेको बताएका उनले उक्त दस्तावेजमाथि छलफल भएपछि बाँकी कुरा भन्ने समेत बताए ।

(बाकि भिडियोसहित)