काठमाडौं । गत फागुन पछिको दुई÷तीन महिना राजावादीहरूको बढ्दो उभारले गणतन्त्रवादीहरूको मुटु हल्लिएको थियो । राजाप्रति आस्था राख्नेहरू सडकमा उत्रिदा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायतका गणतन्त्रवादी दलहरू नै निकै ठूलो दबाव महसुस गरे । जसका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीसँग शीर्ष नेताहरू भिडन्तमा उत्रदा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नियन्त्रणमा लिनु पर्नेसम्म आवाज उठ्यो ।
तर, राजसंस्थाप्रति जनमानसमा विश्वास पलाएता पनि राजा फर्काउने मुद्दा लिएर राजनीति गरिरहेको राप्रपा कमजोर बन्दा उपयुक्त प्रयोग गर्नबाट चुकेको छ । राजावादी सबै पक्षलाई एक ढिक्का गरेर जानु पर्ने राप्रपा पार्टीभित्रै बिभाजित हुँदा पाएको अवसरमा खडा उत्रन असमर्थ बनिरहेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट बनेको इतर पक्ष संस्थापनबीचको दोषारोपण जारी छ ।
अध्यक्ष लिङ्देनले राजावादी आन्दोलनको नेतृत्वसमेत गरेका नवराज सुवेदीलाई पार्टीको अनुशासन समितिको अध्यक्ष र सगुन लावतीलाई प्रवक्ताबाट हटाउने निर्णय गरेपछि हंगामा मच्चिएको छ। लिङ्देनको निर्णय विधान विपरीत रहेको निष्कर्ष निकाल्दै इतर पक्षले निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेको छ ।
लिङ्देनको विपक्षीमा एउटा मोर्चानै खडा भएको छ। शनिबार महामन्त्री धवलशम्शेर राणालगायतका १० पदाधिकारी र इतर समूहका ५० केन्द्रीय सदस्यबीच भएको छलफलले अध्यक्षको कदम विरुद्ध जाने निर्णय गरेको हो । पूर्वराजाको जन्मोत्सवमा मात्रै एक ठाउँमा देखिएका राप्रपाका नेताहरू अब बोलीले मात्रै राजा फर्काउने ठाउँमा पुगेका छन् । अर्थात राजावादीहरु फेरि ओख्खर जस्तै भएर फुटेका छन् ।
(बाकि भिडियोसहित)


प्रतिक्रिया