Breaking

प्रतिनिधिसभा बैठक आज बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत हुने


काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठक आज बस्दैछ ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी उद्योगमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गर्नुहुनेछ । कानुनमन्त्री अजय चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीसमेत छ ।