देश

घट्यो जनसंख्या, बच्चा पाउनै छोडे, सरकारले अफर ल्याउँदै, प्रधानमन्त्री भन्छन्–वैंशमै बिहे गरौँ (भिडियो)

योहो संवाददाता

काठमाडौं – राष्ट्रसंघको तथ्याङ्कले विश्वको जनसंख्या वृद्धिदर सकारात्मक देखाए पनि नेपालको अवस्था भने ठीक उल्टो छ । घट्दो प्रजननदर र बढ्दो अन्तर्राष्ट्रिय बसाइँसराइका कारण नेपालको जनसंख्या वृद्धिदर निरन्तर ओरालो लागेको छ । कतिपय जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक नै छ । यही पृष्ठभूमिमा सरकारले नयाँ जनसंख्या नीति सार्वजनिक गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले तराई क्षेत्रमा परम्परागत रूपमा २० वर्षसम्म छोरी टिकाउनुलाई साह्रै गाह्रो मानिने प्रसङ्ग जोड्दै २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।