काठमाडौं – मङ्गलबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणको विषयले केही समय तरङ्ग ल्यायो । आफ्नो भ्रमणको विषयमा प्रधानमन्त्री ओलीले सोमबार सदनमा जानकारी गराएको भोलिपल्ट नै भ्रमणको विषय उठाउँदै सत्ता र प्रतिपक्षी सांसदबीच जुहारी चलेको हो । लामो समयदेखि भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग र सरकारले गठन गरेको छानबिन समितिलाई अस्वीकार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको भ्रमणको विषय उठाउँदै सबै टोली किन फर्किएन भन्दै सभामुखको ध्यानाकर्षण गरायो । बैठकको सुरुमै बोल्न समय पाएकी रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्री ओलीसँग स्पेन भ्रमणमा गएका केही व्यक्ति अझै नफर्किएको समाचार आएका छन् भन्दै सभामुखको ध्यानाकर्षण गराएकी थिइन् । उनले व्यक्ति विशेष कसैप्रति पनि आरोप नभएको बताउँदै यो विषय गम्भीर रहेको उल्लेख गरिन् ।
देश


प्रतिक्रिया