विदेश

चीनमा भीषण वर्षा, १४ जनाको मृत्यु


काठमाडौँ – मध्य चीनमा भीषण वर्षापछि आएको बाढीले कयौं मानिसहरु विस्थापित भएका छन् । प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् ।


अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण जिन्जाओ शहरमा १४ जनाको मृत्यु भएको छ । बाढीकै कारण एक दर्जनभन्दा बढी शहरहरु प्रभावित भएका छन् । प्रभावित क्षेत्रका मुख्य सडक र हवाई सेवा बन्द भएको छ । हेनान प्रान्तमा ९ करोड ४० लाख मानिस बसोबास गर्छन ।