समाचार

नेपाली राजदूत नीलाम्बर आचार्यको फोन भारतमा जासुसी भएको खुलासा



काठमाडाँै – भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यको फोन पनि जासुसीका लागि लक्षित समूहमा परेको छ।

पिगसास स्पाइसवेयरको माध्यममा भारतमा नेपालसहित विभिन्न देशका राजदूतका फोन जासुसी सम्भावित सूचीमा रहेको एक फ्रान्सेली पत्रिकाले जनाएको छ।

‘इमरान खान (पाकिस्तानका प्रधानमन्त्री)र उनका राजदूतहरू सम्भावना लक्षित सूचीमा छन्। त्यसका साथै दिल्लीस्थित अफगानिस्तान, चीन, नेपाल, साउदी अरबसहितका राजदूत तथा कूटनीतिज्ञ रहेका छन्’ ला मुन्डेले लेखेको छ।