समाचार

पाकिस्तानको आक्रमणबाट भारतीय सेना ढले, भयानक जवाफ दिने तयारीमा पाकिस्तान, अब के हुन्छ ?(भिडियो)

योहो संवाददाता

जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफ भारतले बुधबार बिहानै पाकिस्तानमाथि हवाई आक्रमण गरेर दिएको छ । यो घटनाले आणविक हतियार सम्पन्न दुई छिमेकी राष्ट्रबीच ‘पूर्ण’ युद्ध हुने खतरा बढाएको छ ।

पहलगामको पर्यटकीय क्षेत्रमा गत अप्रिल २२ मा आतंककारी हमला हुँदा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । त्यसलगत्तै भारत र पाकिस्तानले एकअर्कालाई हवाई उडानमा प्रतिबन्ध लगाए । एक देशका नागरिकलाई अर्को देश आउजाउ गर्न र आयात–निर्यातमा रोक लगाए ।

भारतले नदीको पानी बाँडफाँट सन्धि निलम्बन गर्दै सीमापार जाने पानीको प्रवाह नै रोक्यो । त्यही क्रममा भारतको सैन्य अभ्यास, पाकिस्तानको मिसाइल परीक्षण हुँदै बुधबार भारतले पाकिस्तानी सीमाभित्रै छिरेर हवाई हमला गरेको हो । भारतले आक्रमण गरेपछि पाकिस्तानले पनि बुधबार राति मिसाइल र ड्रोन आक्रमणको कोसिस गरेको छ ।