Breaking

भर्नामै सुनसान सरकारी विद्यालय, सरकार र शिक्षक आ–आफ्नो स्वार्थमा केन्द्रित, निजी स्कुलले छोपे मौका (भिडियो)

योहो संवाददाता

काठमाडौं—यस वर्षको शैक्षिक सत्र सुरु भएर संस्थागत निजी विद्यालयहरूले पठनपाठन सञ्चालन गरिसक्दा सामुदायिक विद्यालयहरूको कक्षा कोठा भने खाली नै छन् । सामुदायिक विद्यालयमा कुर्सी टेबल लगायतका शैक्षिक सामग्री भए पनि न पढ्ने विद्यार्थी छन् न त पढाउने मास्टर नै ।

विद्यालय शिक्षा ऐन जारी हुनु पर्ने माग गर्दै मास्टरहरू १९ दिनदेखि कक्षा कोठा छोडेर सडक प्रदर्शनमा उत्रिएपछि सामुदायिक विद्यालयको यो हविगत भएको हो । सरकार र शिक्षकको जुँगाको लडाइँले भर्ना अभियान नै प्रभावित हुँदा त्यसको भरपुर फाइदा निजी विद्यालयहरूले उठाइरहेका छन् ।

त्यसै त विद्यार्थी पाउन समस्या व्यहोर्दै आएका सामुदायिक विद्यालय खाली हुँदा निजी विद्यालयमा विद्यार्थीको ओइरो लागेको छ । शिक्षकका माग पूरा गर्न सरकारले आलटाल गर्दा झनै समस्या विकराल बन्दै गएको छ ।