काठमाडौं—म्यानमारमा विनाशकारी भूकम्पपछि भौतिक संरचना भत्कँदा पुरिएर मृत्यु हुने नेपाली मूलका म्यानमारीको संख्या १८ पुगेको छ । भग्नावशेषमा थुप्रैजना हराइरहेका छन् । उद्धार कार्य जारी रहेकाले त्यो संख्या अझ बढ्ने अनुमान छ । शुक्रबार (मार्च २८) म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो ।
भूकम्पबाट बढी क्षति पुगेको मान्डले क्षेत्रमा ३०–३५ हजारको संख्यामा नेपाली मूलका म्यानमारी नागरिकको बसोबास रहेको राजदूत घिमिरेले बताए । भूकम्पपछि संरचना भत्कँदा हालसम्म एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भूकम्पबाट थाइल्यान्डमा पनि भवन भत्कँदा १७ जनाको मृत्यु भएको छ । त्यहाँ सबै नेपाली सुरक्षित रहेका थाइल्यान्डका निम्ति नेपाली राजदूत धनबहादुर ओलीले जानकारी दिए । म्यानमारको सैन्य परिषद्ले भूकम्पमा परी मृत्यु हुनेको संख्या बढेर एक हजार ६४४ पुगेको जनाएको छ । घाइतेको संख्या बढेर तीन हजार ४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेका जनाइएको छ ।


प्रतिक्रिया