Breaking

दुवै सदनको बैठक बस्दै, विपक्षी दलले उठाएको विषमा प्रधानमन्त्रीले जवाफ दिने तयारी


काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउसो सवा १ बजे बस्ने गरी बोलाइएको छ ।

प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची छ ।

यस्तै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक र निकासी पैठारी (नियमन) विधेयक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक अघि बढाउने तयारी छ ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि आजै दिउँसो बस्दैछ । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीलाई लिएर केही दिनदेखि बैठक अवरुद्ध गर्दै आएका छन् । आजको बैठकमा विपक्षी दलले उठाएको विषमा प्रधानमन्त्री केपी ओलीले जवाफ दिने तयारी छ ।