Breaking

आज पनि प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं—प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुखले आइतबार (चैत १७ गते) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । यसअघि, बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर, विपक्षी दलहरूको अडान नछाडेपछि बैठक शुक्रबार दिउँसो १ः१५ बजे बस्ने गरी सारिएको थियो ।

सदन चलाउने विषयमा सहमति जुटाउन सभामुख देवराज घिमिरेले आजै शीर्ष दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए । तर, सहमति जुट्न सकेन । विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान लिएपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।