समाचार

हमासलाई इजरायलको एकपछि अर्को धक्का, कमान्डर नै मारिए, घर फर्किएका गाजाबासी फेरि संकटमा (भिडियो)

योहो संवाददाता

काठमाडौं—इजरायलले गाजाको खान युनुस सहरमा गरेको हवाई आक्रमणमा परेर हसासका वरिष्ठ नेताको मृत्यु भएको छ । हमासका प्रेस सल्लाहकार तहिर अल नोनोले फेसबुक पेजमा एक पोस्ट गर्दै बर्दाविलको मृत्युप्रति शोक व्यक्त गरेका छन् । गाजामा दुई महिनापछि इजरायलले ठूलो परिमाणमा आक्रमण गरेको हो ।

युद्धविराम लम्ब्याउने विषयमा इजरायल र हमासबीच सहमति नभएपछि इसरायलले गाजामा पुनः भीषण आक्रमण थालेको हो । इजरायलले हमासविरूद्धको सैन्य कारबाही भन्दै आकाश र जमिनबाट आक्रमण व्यापक बनाएको छ । गत मंगलबारदेखि तीव्र रुपमा भएको आक्रमणमा सयौं मानिसहरूले ज्यान गुमाएका छन् । मंगलबार एकैदिन गाजामा चार सयभन्दा बढीको मृत्यु भएको थियो ।