राजनीति

खानेपानी संस्थानका कर्मचारीलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन


कामठाडौं—खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरुलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आज मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली –२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा शर्त विनियमावली लागू भएको बताए ।

उनले विनियमावली नेपाल सरकारको नियम र कानूनमा रहेर कार्यान्वयनमा ल्याइएको बताए । कर्मचारी हकतिका लागि विनियमावलीमा संशोधनको आवश्यकता देखिए थप्नुपर्ने सेवा सुविधाका बारेमा जानकारी दिन आग्रह गरे ।

नेपाल खोनपानी संस्थानका महाप्रवन्धक इन्जिनियर अर्जुनबाबु ढकालले सात वर्षसम्म विनियमावली स्वीकृत नहुँदा संविधानले दिएको खानेपानीको उपभोगसम्बन्धि मौलिक हकको सेवामै समस्या उत्पन्न भएको बताए ।