थप तीन जना इजरायली बन्धकमुक्त

योहो संवाददाता

हमासले गाजा स्ट्रीपबाट थप तीनजना इजरायलीबन्धकमुक्त गरेको छ । युद्धविरामलागु भएपछिको पाँचौं पटकमा तीनजनालाई रिहागरिएको हो ।

आज मुक्त भएका ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहाद बेन अमी र ३४ वर्षीय अर लेभीतीनै जना सर्वसाधारण हुन् ।

हमासले तीनजनालाई रिहा गरेसँगै इजरायलले पनिथप १८३ जनाप्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

इजरायल र हमासबीच जनवरी १९ मा युद्धविराम सम्झौता भएको थियो । समझौता अनुसार हमासले २१ बन्धक रिहा गरिसकेको छ भने ३८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भइसकेका छन् ।।