Breaking

बालेनविरुद्ध मोदी, क्रेज घटेको तथ्य, दिल्लीको खिचडी, देउवा अघि बढे, रवि–स्वर्णिमको भारत मोह (भिडियोसहित)

योहो संवाददाता

काठमाडौ– प्रधानमन्त्री बालेन शाहले भारतसँगको सम्बन्ध सुधारको प्रयास गरिरहेकै समयमा नरेन्द्र मोदी निकट मानिने इन्डिया टुडेले उनै बालेनमा राजनीतिक चमक हराएको दाबीसहितको रिपोर्ट प्रशारण गरेको छ ।
यसले मोदीसँग बालेनको पुनः दुरी बढेको आकलन गरिएको छ । तर यही समयमा रास्वपा सभापति रवि लामिछाने पक्षसँग भने भारतको सम्बन्ध अस्वभाविक रुपमा झांगिँदै गएको छ । लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणपछि रवि–मोदी सम्बन्ध गाढा बनेको हो । यसकै निरन्तरतास्वरुप रविका विश्वासपात्र अर्थमन्त्री स्वर्णिम वाग्ले यही महिना भारत भ्रमणमा जाने तयारीमा छन् । सो क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने तय भएको रास्वपा स्रोत बताउँछ ।