काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड एक यस्ता पात्र हुन्, जो विना राष्ट्रिय राजनीतिको इतिहास पूरा हुनै सक्दैन । व्यक्तिगत रुपमा प्रचण्डलाई मन पराउनु÷नपराउनु त्यो नितान्त आ–आफ्नो अधिकारको कुरा हो । तर, समग्र नेपालको राजनीतिक इतिहासको कुरा गर्नुपर्दा प्रचण्डको नाम चाहेर पनि कसैले मेटाउन सक्दैनन् । शासन व्यवस्था परिवर्तनका लागि भूमिगत रहेर जनयुद्धको नेतृत्व गरेका प्रचण्डले आफ्नो व्यक्तित्वलाई यतिसम्म उचाइमा पु¥याइसक्दा अब भने गल्न थालेका छन् । प्रचण्डको अहिलेको राजनीतिक अवस्थालाई बुझ्न उनले प्रयोग गर्ने सदन वा सडक प्रत्येक मञ्चबाट दिने अभिव्यक्ति सुने पुग्छ । सधैँ सत्ताकै खेलमा मात्रै रमेको र आफूले विगतमा गरेका भूल सच्याउनु पर्ने स्वीकारोक्ति गर्नु नै अहिलेको प्रचण्डको राजनीतिक अवस्थाको ऐना बनेको छ ।
देश


प्रतिक्रिया